अखिल फोर्स सुदूरपश्चिम प्रदेश संयोजकमा कुँवर

सुदूरपाटी
    १६ श्रावण २०७८, शनिबार १९:५९  मा प्रकाशित



महेन्द्रनगर – नेपाल कम्यूनिष्ट पार्टी(नेकपा एमाले नेपाल) समुह निकट अनेरास्ववियू अखिल फोर्स सुदूरपश्चिम प्रदेशको संयोजकमा कञ्चनपुरका विद्यार्थी नेता प्रज्वल कुँवर चयन भएका छन ।

अखिल फोर्स केन्दीय कमिटिको भेलाले सुप प्रदेशको संयोजकमा अनेरास्ववियू कञ्चनपुरका विद्यार्थी नेता कुँवरलाई चयन गरेको हो । अनेरास्ववियूका प्रखर नेता कुँवर अनेरास्ववियू इकाई कमिटिबाट विद्यार्थी राजनीतिमा होमिएका थिए ।

उनले संगठनले दिएको जिम्मेबारी निर्भिकताका साथ पुरा गर्ने प्रतिबद्धता जोहेर गरेका छन ।

Write your Comment