अखिल फोर्स कंचनपुरको संयोजकमा वस्नेत र सह संयोजक क्षेत्री चयन

सुदूरपाटी
    २२ श्रावण २०७८, शुक्रबार २०:१२  मा प्रकाशित



महेन्द्रनगर – नेकपा (एमाले) माधव नेपाल समूह सम्बद्ध अखिल फोर्सको कञ्चनपुरमा जिल्ला कमिटी गठन गरेको छ । अनेरास्ववियुका केन्द्रीय सचिव गणेश सिह ऐरीको प्रमुख आतिथ्यमा भेला गरी कमिटी गठन गरिएको छ ।

१ सय ५१ सदस्यस्यीय कमिटीको संयोजकमा अमित वस्नेत र सह संयोजकमा सुजल क्षेत्री चयन गरिएका छन् ।

केही दिन अघि अखिलका नेता प्रज्वल कुँबरलाई अखिल फोर्सको सुदूरपश्चिम संयोजकको जिम्मेवारी दिइएको थियो । अहिले अखिल फोर्सलाई सुदूरपश्चिममा विस्चतार गर्न थालिएको छ ।

अखिल फोर्सका सुदूरपश्चिम संयोजक कुँबरले सुुदूरपश्चिमका सबै जिल्ला संगठन बनाउने कार्यक्रम अनुसार कञ्चनपुरबाट जिल्ला कमिटी गठन गरी सुरुवात गरिएको बताए । 77 जिल्ला मा अखिल फोर्स ले जिल्ला स्तरिय कमिटी गठन कंचनपुर बाट पहिले सुरुवात गरेको हो ।

‘अखिल फोर्स शैक्षिक विकृति, विसंगति विरुद्ध केन्द्रित हुन्छ, कसैले जाइ लागे भने प्रतिकार गर्छौ’ उनले भने,‘अब सुदूरपश्चिमका सबै जिल्लामा अखिल फोर्स गठन हुन्छ ।’

भेलामा अनेरास्ववियु स्थायी कमिटी सदस्य ओम बस्नेत, अनेरास्ववियु पूर्व सचिवालय सदस्य सन्तोष नेपाली, अनेरास्ववियु केन्द्रिय सचिवालय सदस्य मदन चन्द, मोहन देव जोशी, रोहित गजुरेल, शिवा वस्नेत, केन्द्रिय सदस्य निरज बिसी लगायत नेताहरु सहभागी भएका छन् ।

भेलाका प्रमुख अतिथि केन्द्रीय सचिव ऐरीले अखिल फोर्स संगठनको विधान अनुसार गठन गरिएको उल्लेख गर्दै शैक्षिक विकृति नियन्त्रण र विद्यार्थी हकहितका लागि सधैं सक्रिय रुपमा लाग्ने बताए ।

अनेरास्ववियु केन्द्रीय कमिटीले १६ गते काठमाडौमा भेला गरी आरआर क्याम्पसका स्ववियु सभापति तपेन्द्र जङ साहीको संयोजकत्वमा ५०१ जनाको टीम निर्माण गरेको थियो। उक्त भेलाले सात ओटै प्रदेश र विश्वविघालयमा भेला गर्न संयोजक तोकेको थियो।जस अनुसार सुदुर प्रदेश संयोजकमा प्रज्ववल कुवरलाई जिम्मेवारी तोकेको थियो। अखिल फोर्सको केन्द्रीय भेला पछिको पहिलो भेला कन्चनपुरमा भएको छ ।

सुदूरपश्चिम प्रदेश संयोजक भएपछि कुँबरले पहिलो भेला कञ्चनपुरमा गरी कमिटी गठन गरेका हुन् । अनेरास्ववियु केन्द्रिय सचिवालय सदस्य रमेश पन्तले भेला सञ्चालन गरेका थिए ।

Write your Comment