कृष्णपुर नगरपालिकाको उपप्रमुखमा पाण्डेयको उम्मेदवारी घोषणा

सुदूरपाटी
    २५ चैत्र २०७८, शुक्रबार १६:१५  मा प्रकाशित



कञ्चनपुर,  – आउँदो वैशाख ३० गते हुन गईरहेको स्थानिय तहको निर्वाचनका लागी कञ्चनपुरको कृष्णपुर नगरपालिका उपप्रमुखका लागी टिकेश्वरी पाण्डेय (प्रेरणा) ले आफ्नो उम्मेदवारी घोषणा गरेकी छन् ।

नेपाली कांग्रेसका तर्फबाट कृष्णपुर नगरपालिकाको उपप्रमुखका लागी आफ्नो उम्मेदवारी घोषणा गरेकी पाण्डेय निर्वाचन क्षेत्र नं २ प्रदेश सभा ‘क’ कोषाध्यक्ष समेत हुन ।

उनले आफु योग्य र सक्षम भएकाले पार्टीले आफुलाई नै उप प्रमुखको टिकट दिने बताईन । उनले आफुलाई जनताको पनि साथ रहेकाले निर्वाचनमा आफ्नो जित सहज रहेको समेत बताईन ।

Write your Comment