निःशुुल्क स्क्रिनिङ्ग व्यवस्थापन र प्रेषण शिविर सम्पन्न

कैलालीको गौरीगङ्गा नगरपालिकामा एक दिने निःशुुल्क स्क्रिनिङग व्यवस्थापन र प्रेषण शिविर कार्यक्रम । तस्बिर ः सुरेश भूल/ कैलाली

सुरेश भूल
कैलाली , वैशाख २१ गते । कैलालीको गौरीगङ्गा नगरपालिकामा एक दिने निःशुुल्क स्क्रिनिङग व्यवस्थापन र प्रेषण शिविर कार्यक्रम सम्पन्न भएको छ ।

गौरीगङ्गा नगरपालिकामा वडा नं ९ स्थित मसुरिया स्वास्थ्य चौकीमा स्त्रीरोग विशेषज्ञद्वारा महिला तथा स्त्रीरोग सम्बन्धि जाँच अब्ष्टेट्रिक , फिस्टुला , पाठेघर खस्ने समस्या ,स्तन तथा पाठेघर को मुखको क्यान्सर जाँच निःशुुल्क स्क्रिनिङग व्यवस्थापन र प्रेषण शिविर कार्यक्रम सम्पन्न भएको हो ।

आर्थिक अवस्था कम्जोर भएका कारण पाठेघर सम्बन्धित रोगको उपचार गर्न नसकेका महिलाहरुको अवस्थालाई अध्यनजर गर्दै यती बेला मसुरिया स्वास्थ्य चौकीमा एक दिने निशुल्क स्वास्थ्य शिविरको आयोजना गरेको गौरीगङ्गा नगरपालिकाले जनाएको छ ।

गौरीगङ्गा नगरपालिकाको आर्थिक तथा मायामेट्रो अस्पताल धनगढीको प्राविधिक सहयोगमा यो शिविर सञ्चालन गरेको गौरीगङ्गा नगरपालिका नगरप्रमुख देविदत्त कडेलले बताउनुभयो ।

उहाँले भन्नुभयो, “पाठेघर सम्बन्धित समस्या भएका यहाँका महिलाहरुको समस्यालाई मध्यनजर गर्दै यती बेला नगरपालिकाले निशुल्क रुपमा उपचार हुने गरी यो शिविरको आयोजना गरेको हो ।”

यहाँका महिलाहरूको स्वास्थ्य समस्यालाई केही हद सहज होस भन्ने उदेश्यले मायामेट्राे अस्पताल धनगढीको प्राविधिक सहयोगमा नगरपालिकाले यो शिविरको आयोजना गरेको नगरप्रमुख कडेलले बताउनुभयो ।

शिविरमा ७८ जना महिलाले चेकजाँच गरेका छन् । त्यो मध्येकै ७ जना पाठेघरको क्यान्सर सम्भावित महिलालाई धनगढी सेती अस्पतालमा रिफर गरेको स्त्रीरोग विशेषज्ञ डा.रविन्द्र देवभट्टले बताउनुभयो ।

शिविरमा नगर प्रमुख देविदत्त कडेल उपप्रमुख भोजबहादुर बम , प्रमुख प्रशासकीय अधिकृत धर्मराज विनाडी वडा अध्यक्ष राजकुमार चौधरी कार्यापालिका सदस्य चन्द्रकला पराजुली निवर्तमान स्वास्थ्य व्यवस्थापन समिति उपाध्यक्ष पवन बोगटीको सहभागिता रहेको थियो ।

त्यसै गरी  स्त्रीरोग विशेषज्ञ डाक्टर रविन्द्र देवभट्ट अभिजित यादव मेडिकल अफिसर जनस्वास्थ्य निरिक्षक लालप्रसाद पन्त , सि.अ.हे.ब दिर्घराज जोशी , सि.अ.न.मि. कल्पना पन्थी , अ.न.मि.कल्पना कुमारी सार्की , अनुपा चौधरी दिपा वोहरा, अनिता सिह, पुजा कुमारी जोशी, लक्ष्मी भुसाल स्टाफ नर्स प्रमिला चौधरी, नेत्र साहेक, रोस्नी भट्ट का.स चन्द्रा बम स्वपर, झर्ना दमाई पत्रकार समेत को सहभागीता रहेको थियो ।

गौरीगङ्गा नगरपालिका नगरप्रमुख देविदत्त कडेललेको अध्यक्षतामा सञ्चालन भएको एक दिने निशुल्क स्वास्थ्य शिविरको कार्यक्रमको सञ्चालन जनस्वास्थ्य निरिक्षक लाल प्रसाद पन्तले गर्नु भएको थियो ।

 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?

यो पनि हेर्नुहोस्