राजनीतिक शक्तिको रूपमा अगाडि बढ्नु पर्नेमा जोड

दलित मुक्ती अभियान कार्यक्रमका सहभागि ।


सुरेश भुल

कैलाली, चैत २४ गते । राष्ट्रिय दलित मुक्ती अभियानका केन्द्रिय अध्यक्ष प्रेम विसीले, दलितको पक्षमा बोलिदिने कुनै पनि राजनीतिक दल नभएकोले अबका दिनमा सम्पूर्ण दलित एकै ठाउँमा उभिएर एउटा राजनीतिक शक्तिको रूपले अगाडि पर्ने बताउनुभयो ।

उहाँले “सधै जुटेऊ अरूको लागि अब जुटौ आफ्नो हक अधिकार र आत्मसम्मान को लागि ” राष्ट्रिय दलित मुक्ती अभियानमा समाजिक समानता आत्मसम्मानका साथै पुर्णहक अधिकारको ग्यारेन्टीका लागि दलित एकता अभियान धनगढीमा आयोजित कार्यक्रमकाे प्रमुख अतिथिकाे रुपमा बाेल्दै उहाँले यस्तो बताउनुभएको हो ।

पुस्तौ देखि दलित समुदायले अरुकै लागि काम गर्दा दलित समुदाय पछाडि पर्दै आएकोले अबका दिनमा दलितले दलितकै हक हितमा काम गर्नु पर्ने कुरा स्पष्ट पार्दै उहाँले भन्नुभयो, “ यसका लागि अब देशभरका सबै दलित एक जुट हुनु पर्छ ।”

उहाँले , आगामी २०८४ सालमा हुने निर्वाचनमा सबै प्रदेशबाट दलित समुदायको नेतृत्व हुने गरी दलितले नै राजनीतिक रुपमा अगाडी बढ्नु पर्ने बताउनुभयो ।

अहिलेको युगमा पनि सुदूरपश्चिम प्रदेशका विभिन्न जिल्लामा दलितमाथी जातीय विभेद थिचोमिचो र दलितलाई विभिन्न मुद्दामा फसाउँने काम भइरहेकोले यसका विरुद्धमा सुदूरपश्चिमबाट नै दलित आन्दोलन सुरु गर्न अति आवश्यक रहेको विसीले बताउनुभयो ।

दलितका लागि दलित अभियान कार्यक्रमका अभियन्ता खगेन्द्र सुनारले , दलित को पक्षमा कुनै पनि राजनीतिक दलले नबोलिदिएकोले अब सबै दलित एकै ठाउँमा उभिएर दलितका हक अधिकारका लागि दलित आफैले बोल्नु पर्ने बताउनुभयो ।

पुस्तौ देखि दलितले अर्कोको लागि मात्र विभिन्न लडाँइमा भाग लिदै आएपनि दलितलाई सो अनुसारको समान्न नमिलेकोले अबका दिनमा दलितले आफनै अधिकारका लागि सो लडाँई गर्नु पर्ने उहाँले व्यक्त गर्नुभयो ।

सुदूरपश्चिम प्रदेशमा दलितमाथिको विभेद अचाक्लि रहेको स्मरण गराउँदै यस विषयमा विभिन्न पार्टीका आवद्ध हुँदै आएका दलित नेताहरुसँग छलफल गरी कानुनी उपचार खोज्नु पर्नेमा जोड दिनुभयो ।

पुर्व सामाजिक राज्य मन्त्री टेकबहादुर रैकाले , दलितलाई पुस्तौ देखि अहिले सम्म सामाजिक राजनीतिक , धार्मिक तथा साँस्कृतिक क्षेत्रमा निकै विभेद हुँदै आएकोले अबका दिनमा दलित समुदायले त्यसको अन्त्य गर्नका लागि सबैले एक भएर अगाडि बढ्नु पर्ने बताउनुभयो ।

दलित अभियन्ता गणेश विकको अध्यक्षतामा भएको यो कार्यक्रममा समाजसेवी , बुद्धिजीवी , पत्रकार, सुरक्षाकर्मी , मानबअधिकारकर्मी, अधिवक्ता , कलाकार लगायत सयौ भन्दबढीको उपस्थिति रहेको थियो ।

 

 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?

यो पनि हेर्नुहोस्