गहुँ उत्पादनमा वृद्धि

क्याप्सनः बाजुराको बूढीगङ्गा नगरपालिका –९ को सेराटाट्कामा पाकेको गहुँ ।

शेरबहादुर सार्की
बाजुरा, वैशाख ३ गते । बाजुरामा पछिल्लो समय गहुँ उत्पादनमा वृिद्ध भएको छ । पुरानै जातको गहुँ लगाउँने र किसानलाई नयाँ प्रवविधिको गहुँ खेती गर्ने प्रणालीको बारेमा साखै जानकरी नहुँदा गहुँ उत्पादन कम हुने गर्दथ्र्यो ।

कृषि ज्ञान केन्द्रले यहाँका किसानलाई आधुनिक प्रविधि सँगसँगै नयाँ जातको गहुँ लगाउँन उत्प्रेरित गर्दै आएपछि पछिल्लो समय बाजुरामा गहुँ उत्पादनमा वृद्धि भएको हो ।

परम्परागतको खेती भन्दा अहिले नयाँ प्रविधिबाट गहुँ खेती गर्न थालेपछि उत्पादन बढेको छ । जमिनको क्षेत्रफल अनुसार कम भएपनि उत्पादनको हिसाबले निकै वृद्धि भएको बुढीगङ्गा नगरपालिका कृषि शाखा प्रमुख दिपक थापाले बताउनुभयो ।

उहाँले भन्नुभयो , “ सिँचाइ सुविधा भएको ठाउँमा त गहुँ राम्रै फलेको छ । समयमै पानी नपरेका कारण पाखो तथा भिरालो ठाउँको जमिनमा भने गहुँ यो वर्ष गहुँ उत्पादन कम हुने सम्भावना देखिन्छ ।”

यहाँका स्थानीयले लामो समय सम्म स्थानीय जातको गहुँ लगाउँने र राम्रो सँग मल जलको प्रयोग नगर्नाले गहुँ उत्पादनमा पनि वृद्धि हुन सकेको थिएन । पछिल्लो समय किसानले आधुनिक प्रविधि सँगै नयाँ जातको गहुँ लगाउँन थालेपछि अहिले गहुँ उत्पादनमा वृद्धि हुन थालेको थापाले बताउनुभयो ।

बाजुराको हिमाली , स्वामिकार्तिक , जगनाथ , बुढीनन्दा , बडिमालिका , गौमुल , बुढीगङ्गा, त्रिवेणी र ,छेडेदह लगायतका विभिन्न ठाउँमा गहुँ खेती हुन्छ ।

जिल्लाको पूर्विउत्तर क्षेत्रमा खोलाको किनार तथा सिँचाइ सुविधा सम्पन्न भएको ठाउँमा गहुँ राम्रो फल्ने गरेको भएपनि भिरालो तथा पाखो ठाउँमा भने गहुँ कम उत्पादन हुने गरेको यहाँका स्थानीय बताउँछन् ।

तल्लो क्षेत्रको बडिमालिका गौमुल छेडेदह लगायतका ठाउँमा प्राय स्थानीय जातको गहुँ लगाउँने भएकोले त्यो ठाउँमा पनि गहुँ उत्पादन कम हुन्छ् । यो गहुँलाई प्राय असिनापानीले पनि कम क्षति गर्ने हुनाले यहाँका स्थानीयले यही गहुँ लगाउने गर्छन् ।

बाजुराको त्रिवेणी नगरपालिकाको ढलाली , पन्ताली , तोली र बुढीगङ्गा नगरपालिको ब्रहतोला , नुवाघर , सायल भमक बजार , बायल राखेत देवलसैन सेराटाट्का , झण्डारगाउँ , नुवाकोट र सिगाडा लगायतका ठाउँमा गहुँ राम्रो फल्छ ।

यहाँका किसानले मङ्सिर गहुँ लगाउने र वैशाखको पहिलो हप्ताबाट काट्न सुरु गर्दछन् । बाजुरा वैशाख जेठमा असिना पानी पर्ने गरेकोले यती बेला किसानलाई पाकेको गहुँ त्यो बाट कसरी बचाउँनु भन्ने पनि चिन्ता छ ।

जिल्लाका केही ठाउँमा वैशाख सुरुवात सँगै गहुँ बाली पाक्न सुरु भएतापनि हिमाली क्षेत्रका बुढीनन्दा हिमाली , स्वामिकार्तिक जगनाथ गाउँपालिका केही ठाउँमा भने वैशाखको अन्तिम जेठको पहिलो साताबाट मात्र गहुँबाली पाक्न सुरु हुन्छ् ।

यहाँ किसानले पछिल्लो समय पासाङ्लामु , डब्लु के बाह्र सय चौध, डाँफेमुनाल र स्र्वगद्धारी जातको गहुँ लगाउँछन् । अधिकाशं किसान भने उही पुरानो स्थानीय जातको नै गहुँ लगाउने गरेका छन् ।

बाजुरामा २ लाख ३० हजार ३७ हेक्टर जमिन भएपनि यस मध्ये २२ हजार हेक्टर खेति गोग्य जमिन रहेको छ । पाँच हजार २ सय ३५ हेक्टर जमिन मात्र वर्ष भरीमा सिचाँइ हुने गरेको छ ।

गहुँ हिउँदे बाली भएकोले हिउँदमा वर्षा भएन भने उत्पादन घट्छ वर्षा भएमा उत्पादन बढ्छ । पछिल्लो समय यहाँका किसानले उन्नत जातको गहुँको बीउको प्रयोग गर्नाले पनि बाजुरामा गहुँ उत्पादनमा वृद्धि हुँदै गएको हो ।

बाजुरामा कुल खेती गरिएको क्षेत्रफलको २० प्रतिशत् मात्रै जमिनमा सिँचाईको सुविधा छ । भने ८० प्रतिशत् जमिनमा अहिले पनि आकाशे पानिको भरमा खेती हुने गरेको छ ।

जिल्लाको उत्पादन बढाई खाद्य सुरक्षामा टेवा पु¥याउन सिँचाइको क्षेत्र विस्तार गर्न निकै आवश्यक रहेको बुढीगङ्गा नगरपालिका कृषि शाखा प्रमुख थापाले बताउनुभयो ।

बाजुरामा १० हजार ४६० हेक्टरमा क्षेत्रफलमा गहुँ खेती गरिन्छ भने सो जमिनबाट १७ हजार ७८२ मेट्रिक टन उत्पालन हुने गरेको कृषि ज्ञान केन्द्र बाजुराले जनाएको छ ।

 

 

 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?

यो पनि हेर्नुहोस्