पञ्वटी सामुदायिक वन उपभाेक्ता समुहको बैठक सम्पन्न

क्याप्सन : पञ्चवटी सामुदायिक वन समुहको बैठक । तस्बिर : सुरेश भुल

सुरेश भुल
कैलाली , वैशाख ३ गते । कैलालीको गौरीगङ्गा नगरपालिका ९ र ११ को पञ्चवटी सामुदायिक वन उपभाेक्ता समुहको बैठक आज सम्पन्न भएको छ ।

सडेको काठ दाउँरा वितरण , भवनको शिलान्यास तथा वन संरक्षण प्रवद्धन गर्ने लगायतका विषयमा छलफल गदै सो बैठक आज सम्पन्न भएको हो ।

बठैकले यसै मिति २०८१ वैशाख १२ गतेका दिन यस श्री पञ्चवटी सामुदायिक वन उपभोक्ता समुहको भवनको शिलान्यास कार्यक्रम गर्ने निर्णय गरेको छ ।

पञ्चवटी सामुदायिक वन उपभोक्ता समुहका अध्यक्ष रमेश बोगटीको अध्यक्षतामा बसेको बैठकमा उपाध्यक्ष नर वहादुर कडायत , सचिब नाईसा चौधरी सहसचिब गौशिलाल कडेल , कोषाध्क्ष विनिता चौधरी , सदस्य रने आग्री, धौली बोहरा , बिस्ना जोशी , सबिता चौधरी , राधिका चौधरी , भाना कडायत , पार्वती रावत मोतिकला कडायत , राजकला भुल , गौरी दमाई , हिरेन्द्र कडायत , लेखा समिति संयोजक सुरेश भुल वुद्विजिवि मोहन कुँवर र विजय खाती लगायतको उपस्थिति रहेको थियो ।

काठ वितरण गरिने बारे सुचना ।

 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?

यो पनि हेर्नुहोस्