सहाराको खोजीमा दाजुभाई

सहाराकाे खाेजीमा रहेका कैलालीको गौरीगङ्गा नगरपालिका वडा नं ११ पेरहनी गाउँमा बस्दै आएका अनाथ दुइ दाजुभाई । तस्बिर : सुरत भूल

सुरेश भूल
कैलाली, वैशाख ६ गते । कैलालीको गौरीगङ्गा नगरपालिका वडा नं ११ पेरहनी गाउँमा बस्दै आएका अनाथ दुइ दाजुभाई सहाराको खोजीमा रहेका छन् ।

गौरीगङ्गा नगरपालिका वडा नं ११ पेरहनीका गाउँमा बसोबास गर्दै आइका दाजु कुसल चौधरी र भाई कबिर चौधरी सहाराको खोजीमा रहेका छन् ।

बुवा राजेश चौधरीको २०७२ साल बैशाख ७ गते वैदेशिक रोजगारीको शिलसिलामा मलेसियामा गएको बेला उतै मृत्युु भएको र आमा पुष्पा चौधरी अर्कैसँग पोइल गएपछि ती दाजु भाई अलपत्र परेको स्वास्थ्यकर्मी कल्पना कुमारी सार्कीले बताउनुभयो ।

उहाँले भन्नुभयो, “दाजु कुसल चौधरी १३ वर्षका छन् । भने भाई कबिर चौधरी ९ वर्षको हुनुहुन्छ । ती दुइ दाजुभाई अहिले मसुरिया बजारमा रहेको शिवालिक आधारभूत विद्यालयमा अध्ययनरत छन् ।

सानै उमेरमा आमा बुवा गुमाएका अनाथ दाजुभाईलाई अहिले सम्म कतैबाट केही सहयोग नमिलेपछि उनी सहाराको खोजीमा रहेको स्वास्थ्यकर्मी सार्कीले बताउनुभयो ।

पढेर ठुलो बन्ने इच्छा त थियो । तर के गर्ने घरको आर्थिक अवस्था निकै कम्जोर भएकोले पढ्न त के बिहान बेलुकी छाक टार्क समेत समस्या भएको दाजु कुसल चौधरीले बताउनुभयो ।

उहाँले भन्नुभयो, “सानै उमेरमा बुवा र आमाले छोडेर गएको र घरमा अन्य हाम्रो संरक्षक कोही नभएपछि यती बेला हामी दुवै दाजुभाईलाई पलपत्र परेका छौ ।”

घरमा खाने कुरा केही छैन् । सानो बालबालिकालाई कोही काममा लगाउँदैन् । काम नगरेपछि कतैबाट केही सहयोग मिल्दैन । हामी दुइ दाजुभाईको दया देखेर कसैले सहयोग गरिदिए दुइ दिन बाच्ने रहर पुरा हुने चौधरीले बताउनुभयो ।

हुन अहिले स्थानीय सरकारले पनि यस्तै अनाथ बालबालिकाहरुका लागि लाखौ रुपियाँ चर्ख गर्दै आएका छन् । अनाथ बालबालिकाहरुको स्वास्थ्य शिक्षा र पालन पोषणका गर्ने जस्ता काममा स्थानीय सरकारले यो रुपिँया खर्च गर्ने गरेका छन् ।

तैपनि गाउँ बस्तीमा यी जस्तै हजारौ बालबालिकाहरु सहयोग नपाएर निकै अलपत्र परेको यहाँका स्थानीय बताउँछन् ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?

यो पनि हेर्नुहोस्