भर्नाकै दिन किताव पाएपछि विद्यार्थी दङ्ग

क्याप्सन ः बाजुराको बुढीगङ्गा नगरपालिका २ बसन्त आविका शिक्षक विद्यालय भर्नाकै दिन विद्याथीलाई किताव वितरण गर्नु हुँदै । तस्बिर ः शेरबहादुर सार्की÷बाजुरा

बाजुरा, वैशाख ३ गते । विद्यालय सञ्चालन भएको छ महिना सम्म पनि किताव नपाउँने बाजुराका विद्यार्थीहरुले यो वर्ष भने भर्नाकै दिनमा किताव पाएका छन् ।

शैशिक सत्र २०८१ को अगावै बिक्रेताले किताव ल्याएर समयमै विद्यालयलाई वितरण गर्दै आएपछि यो वर्ष बाजुराका विद्यार्थीहरुले भर्नाकै दिन किताव पाएका हुन् ।

विद्यालय भर्ना भएको लामो समय सम्म कितावको पर्खाइमा बस्दै गरेका यहाँका विद्यार्थीले यती बेला नयाँ भर्नाकै दिन हातमा किताव पाएपछि दङ्ग परेका छन् ।

विद्यालय भर्ना भएको पाँच छ महिना हुँदा सम्म पनि केही किताव नपाउँदा पढ्न समस्या हुन्थ्यो । यो वर्ष भने भर्नाकै दिनमा शिक्षकले सबै किताव हातमा थमाइ दिएपछि निकै खुसी भएको बुढीगङ्गा नगरपालिका –२ स्थित बसन्त आविका छात्र चन्द्रा विकले बताउनुभयो ।

उहाँले भन्नुभभयो, “ यो भन्दा पहिला समयमै विद्यालय भर्ना भएपनि किताव चै ढिला पाउँथयो । यती बेला भर्नाकै दिनमा हातमा किताव पाएपछि अव भने पढ्न सहज हुन्छ ।”

विगत केही वर्षमा किताव नपाएर विद्यालयले लिने गरेको पहिलो परीक्षा दिएका थियौ । गत वर्ष देखि समयमै किताव पाउँन थालेपछि अहिले त्यो समस्या हटेको विकले बताउनुयो ।

बाजुरामा विद्यालयले यो वर्ष २०८१ वैशाख दुइ देखि १५ गते सम्म विद्यालय भर्ना अभियान सुरु गरेका छन् । शैक्षिक सत्र २०८० सालको वार्षीक परीक्षाफल समेत चैत भित्रै प्रकाशित गरेसँगै विद्यालयले नयाँ शैक्षिक सत्र २०८१ को पनि वैशाख २ गते बाट भर्ना सुरु गरेका हुन् ।

केहही वर्ष पहिला नयाँ वर्षको भर्ना गरेको छ महिना सम्म पनि विद्यालयले अधिकाशं विषयका किताव पाउँदा शिक्षकले गोगलबाट सर्च गरेको पढाउँने गरेको बुढीगङ्गा नगरपालिका २ बसन्त आविका प्राधानाध्यापक बहादुर थापाले बताउनुभयो ।

उहाँले भन्नुभयो, “यो वर्ष भने बिक्रेताले हामीलाई समयमै किताव उपलब्ध गराइ दिएपछि भर्नाको पहिलो दिनमै विद्यार्थीको हातमा किताव थमाइ दिएका छौ ।”

प्राय किताव नपाउँने पाएपनि केही किताव नपाउँने गरेकोले विद्यार्थीलाई पठन पाठन गराउँन समस्या हुदै आएको थियो । यो वर्ष बाट भने त्यो समस्या हटेको थापाले बताउनुभयो ।

जनक शिक्षा सामग्री केन्द्र प्रादेशिक कार्यालय धनगढीले चैत १३ गते बाट नै बाजुरा जिल्लालाई पहिलो चरणमा किताब बिक्रीवितरण सुरु गरेसँगै यहाँका स्थानीय पुस्तक विक्रेताले पाठ्यपुस्तक बाजुरा पु¥याइसकेका थिए ।

बाजुराका विद्यालयले विगतका केही वर्ष समयमै किताब नपाउँदा शिक्षकले बालबालिकालाई पढाउन निकै समस्या र सास्ती भोग्नु परेको थियो । यो वर्ष भने बाजुराका सबै विद्यालयले भर्ना अगावै किताव पाएका छन् ।

विगतका केही वर्षमा जनक शिक्षाले नै किताब छपाइमा ढिलाइ गरेका कारण बाजुरामा समयमै किताब उपलब्ध गराउन नसकिएको यहाँका पुस्तक विक्रेताले बताएका छन् ।

यो वर्ष जनक शिक्षाले समयमै किताब उपलब्ध गराएपछि विद्यालयलाई सबै विषयका किताव वितरण गरिसकेको बुढीगङ्गा नगरपालिका ६ बाम्कामा रहेको प्रवीण एन्ड ललित स्टेसनरी पुस्तक विक्रेता टेकबहादुर थापाले बताउनुभयो ।

उहाँले भन्नुभयो, “ अहिले त्रिवेणी, बुढीगङ्गा र खप्तड छेडेदह गाउँपालिका लगायतका विद्यालयमा झण्डै ९० प्रतिशत किताव गइसकेको छ ।

गत वर्ष केही किताव नपाएर पटक पटक प्रादेशिक कार्यालय धनगढीमा कितावका लागि धाउनु परेको थियो । यो वर्ष भने सबै विषयका किताव समयमै पाएकोले त्यो समस्या हटेको थापाले बताउनुभयो ।

जिल्लाको पूर्विउत्तर क्षेत्रमा रहेका गुर्दम विद्यालयमा किताव ढिलो पुग्ने गरेको गर्दथ्यो । अहिले ती विद्यालयमा पनि किताव चाँडो पुगेको छ ।

यो वर्ष बाजुराले समयकै किताव पाउँनु तथा सबै स्थानीय तह सडक सञ्जालको पहुँच भएसँगै ती विद्यालयले भर्ना अगावै किताव पाएका हुन् ।

हिमाली, स्वामिकार्तिक, जगन्नाथ, बुढीनन्दाका विद्यालयका लागि कोल्टी, गौमूल, बडीमालिकाका लागि मार्तडी , बुढीगङ्गा , त्रिवेणी र खप्तड छेडेदह लगायतका विद्यालयलाई बाम्का, बेतालमाण्डौ र डुँगुरसैन देखि पुस्तक विक्रेताले किताव वितरण गर्दै आएका छन् ।

बाजुराका नौ वटै पालिकामा झण्डै २३७ वटा सामुदायिक विद्यालय सञ्चालनमा रहेका छन् । यती बेला ती सै विद्यालयले भर्नाकै दिन देखि विद्यार्थीलाई किताव वितरण गर्दै आएका छन् ।

 

 

 

 

 

 

 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?

यो पनि हेर्नुहोस्