गरिबीले भारत लाउँदै चाँडपर्वले गाउँ भर्काउँदै

तस्बिर ः हिउँदमा भारतमा गएका बाजुराका युवाहरु यती बेला गाउँ फर्किदै । तस्बिर ः शेरबहादुर सार्की÷बाजुरा

शेरबहादुर सार्की
बाजुरा , चैत २५ गते । गरिबीका कारण रोजगारी गर्न भारत गएका बाजुराका अधिकशं स्थानीय यती बेला धमाधम गाउँ फर्किन थालेका छन् ।

जिल्लाको हिमाली , जनगानाथ , स्वामिकार्तिक , बुढीनन्दा , बडिमालिका , गौमुल , त्रिवेणी , बुढीगङ्गा र खप्तडछेडेदह लगायतका अधिकाशं स्थानीय गरिबीका कारण कामको खोजीमा भारतका विभिन्न ठाउँमा जाने गर्दछन् ।

हिउँदे खेती गहुँ छरेर कात्तिकमा भारत गएका यहाँका स्थानीय यती बेला नयाँ वर्ष सँगै बीसु र चैते दशै मनाउँन गाउँ फर्किएका हुन् ।

गत कात्तिक गाउँमा हिउँदे खेती लगाएर रोजागरीका लागि भारत गएको र यती बेला चाँड पर्व मनाउँन त्यहाँबाट गाउँ फर्किन थालेको बुढीगङ्गा नगरपालिका स्थानीय बहादुर नेपालीले बताउनुभयो ।

उहाँले भन्नुभयो, “ पहिला मेरो बुवाले पनि भारतमै नौकरी गरेर पाल्नुभयो । गाउँमा गरी खाने केही उपाय नभएकै कारण मैले पनि छोरा छोरी पाल्नकै लागि अहिले भारतमै गएर नौकरी गर्नु परेको छ ।”

घरको आर्थिक अवस्था कम्जोर हुँदा नौकरी गर्न भारतमा गएपनि यहाँका दशै तिहार माघी र बीसु लगायतका चाँडपर्वमा भने प्रत्येक वर्ष यसरी नै गाउँ फर्किने गरेको नेपालीले बताउनुभयो ।

उसो त बाजुराका अधिकाशं युवाहरुले कामको खोजीमा नै भारतका विभिन्न ठाउँमा जाने प्रचलन पहिला देखि अहिले सम्म उस्तै रहेको छ ।

यहाँका अधिकाशं स्थानीयलाई तीन महिना सम्म पनि खान पुग्दैन । यहाँ कहिले बाढीपहिरो र कहिले असिनापानीका कारण स्थानीयले लगाएको खेतीमा ठुलो क्षति हुने गर्छ ।

वर्खा बाढीपहिरो र हिउँदे असिना पानीले लगाएको खेती नष्ट हुने गरेकोले पछिल्लो समय यहाँका स्थानीयले खेती गर्न नै छोड्दै गएका छन् । यहाँका किसानले यसरी खेती लगाउँन छोड्दै गएकोले बाजुरामा अधिकाशं जमिन बाँझो हुँदै गएको छ ।

पछिल्लो समय गाउँ बस्ती सडक सञ्जालको पहुँचमा छन् । तर पनि यहाँका अधिकाशं युवा भने भारतका विभिन्न ठाउँमा कामको खोजीमा जाने क्रम रोकिएको छैन् ।

गाउँ बस्तीको घर आगनमै गाडी गुड्न थालेका छन् । तर युवाहरु भने कामको खोजीमा नै भारतका विभिन्न ठाउँमा भौतारि रहेका छन् ।

घर छोडेर कामको खोजीमा भारतमा गएका युवा चाँड पर्वको अवसर पारी यती बेला धमाधम गाउँ फर्किने गरेका छन् ।

गाउँमा स्वास्थ्य शिक्षा खानेपानी सडक लगायतका भौतिक पुर्वाधार विकासको क्षेत्रमा परिवर्तन भएपनि युवा पुस्तालाई गाउँमै गरी खाने केही व्यवस्था नहुँदा भारतमा जानु परेको नेपालीले बताउनुभयो ।

स्वास्थ्य शिक्षा खानेपानी तथा सडक लगायतका भौतिक पुर्वाधार विकास क्षेत्रमा परिवर्तन गर्न सकेपनि यहाँका व्यरोजगार युवालाई गाउँमै रोजगारीका अवसर भने दिन नसकिएको स्थानीय तहले बताएका छन् ।

२०७८ सालको जनगरणा अनुसार बाजुरामा चौबिस हजार ९७८ घरधुरी छन् । गत वर्षको ँबाढीपहिरोका कारण यहाँका नौ वटै स्थानीय तहका झण्डै दुइ हजार भन्दाबढी बस्ती बाढिपहिरोको उच्च जोखिमा रहेका छन् ।

यहाँका दजैनौ दलित बस्तीका स्थानीयले पुस्तौ देखि अहिले भारतकै भरमा गाउँमा जीविकोपार्जन गर्दै आएका छन् ।

बडिमालिकामा सोह्र हजार ८१८ , त्रिवेणीमा अठार हजार ३३६ , बुढीगङ्गामा , एक्काईस हजार ६७७ , बुढीनन्दामा अठार हजार ७७६ , गौमुलमा आठ हजार ५१५ , जगनाथमा नौ हजार ४३२ , स्वामिकार्तिकमा बाह्र हजार ७८४ , खप्तड छेडेदहमा अठार ५७५ र हिमालीमा नौ हजार २१४ गरी एक लाख चौतिस हजार १२७ जनसङ्ख्या रहेको छ ।

 

 

 

 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?

यो पनि हेर्नुहोस्