बालबालिको स्वास्थ्य तथा पोषण सम्बन्धीत अन्तरक्रिया

विद्यालय स्वास्थ्य तथा पोषणसम्बन्धी अन्तरक्रिया कार्यक्रमका सहभागि । तस्बिर ः सुदूरपाटी

बाजुरा, चैत २९ गते । बाजुराको बुढीगङ्गा नगरपालिकाका विभिन्न वडामा पछिल्लो समय बालबालिको स्वास्थ्य तथा पोषण सम्बन्धीत अन्तरक्रिया कार्यक्रम सुरु गरेको छ ।

बालबालिकाको स्वास्थ्य शिक्षामा परिवर्तन ल्याउन सहज हुने गरी बिश्व खाध्यको सहकार्यमा एकिकृ विकास समाज नेपाल ( IDS Nepal) काे विद्यालय स्वास्थ्य तथा पोषण कार्यक्रमले यहाँका १ देखि १० वडाका शिक्षक , विद्यार्थी , अभिभावक , बालकल्बकाे सहभागितामा साे अन्तरक्रिया कार्यक्रम सरु गरिएको हो ।

स्वास्थ्य शिक्षामा परिवर्तन गर्न बालबालिका अभियावक शिक्षकको जिम्मेवारी हुने भएकोले उनीहरुकै सहभागितामा यो अन्तरक्रिया कार्यक्रम सुरु गरिएको विद्यालय स्वास्थ्य तथा पोषण कार्यक्रमका विद्यालय सुपरभाइजर माया विष्टले बताउनुभयो ।

उहाँले भन्नुभयो, “ अहिले यहाँका विभिन्न वडामा रहेका विद्यालयमा पढ्दै गरेका बालबालिकाहरुको स्वास्थ्य विषयमा यहाँका अभिभावक शिक्षक विद्यालर्थी र बालकल्ब बीच सँग छलफल भएको छ । यहाँका विद्यालय पढ्दै गरेका किशोरीहरुलाई आइरन फोल्ड एसिड समेत दिने गरेको छ ।

बालबालिकाहरुको स्वास्थ्य सुरुधारमा प्राय शिक्षक आमा बुवा तथा बालकलबको जिम्मेवारी उक्तीकै हुने भएकोले उनीहरुलाई यो कार्यक्रममा सहभागिता गराउँदै यती बेला बुढीगङ्गा नगरपालिका विभिन्न वडामा यो कार्यक्रम सरु गरिएको हो ।

बुढीगङ्गा नगपरपालिका वडा १ देखि १० का २९ वटा विद्यालयमा विद्यालय स्वास्थ्य तथा पोषण कार्यक्रम सरु गरिएको छ । सो कार्यक्रमले विद्यालयमा बालमैन्त्री धारा , फोहर खाडल निर्माण जस्ता कार्यक्रम समेत अगाडी बढाएको छ ।

अमेरिकम कृषि विभाग र विश्व खाद्य कार्यक्रमको आर्थिक सहयोगमा एकिकृत विकास समाज नेपालको सहजी करण विद्यालय सामुदायिक कार्यक्रम अन्तरगत विद्यालय स्वास्थ्य तथा पोषण कार्यक्रमले बालबालिकाहरुलाई जुकाको औषधी खुवाउँने विद्यालयलाई प्राथमिक उपचारका लागि प्राथमिक किट बक्स तथा औषधी वितरण गर्ने तथा यहाँका छात्रालाई प्याड बनाउँने तालिम दिदै आएको विष्टले बताउनुभयो ।

 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?

यो पनि हेर्नुहोस्