सामुदायिक वनमा आगलागी

क्याप्सन ः आगलागिबाट क्षति भएको रिठा विरा सामुदायिक वन । तस्बिर ः सुदूरपाटी

बाजुरा, चैत २९ गते । बाजुरामा चैतको महिनामै सात वटा सामुदायिक वनमा आगलागि भएको छ ।

कतै अज्ञात समुह र कतै ससाना बालबालिकाहरुले बालेको आगोबाट बाजुराका सात वटा सामुदायिक वनमा आगलागि भएको हो ।

चैत २४ देखि २६ गते बुढीगङ्गा नगरपालिका रातोमाटो सल्लेरी रिठा विरा डोइला खोकेला लगायत सात वटा सामुदायिक वनमा आगालागि भएको यहाँका स्थानीय बताउँछन् ।

गत चैत २४ गते एक सानो बालकले गहुँको उमा पोल्ने बेला रिठा विरा सामुदायिक वनमा आगलागि भएको हो बुढीगङ्गा नगरपालिका –७ का स्थानीय सामाजिक अभियन्ता मिन बुढाले बताउनुभयो ।

उहाँले भन्नुभयो, त्यो वनमा झण्डै आठ दश लाख रुपियाँ खर्च गरेर पाँच हजार रिठाको बोट रोपेका थियौ । आगलागि हुँदा त्यो सबै जलेर नष्ट भयो ।

वनमा रहेको साल सिसम टुनी लगायत खानेपानी तथा वनमा सिचाइका लागि लिएका पाइप समेत जलेर नष्ट भएको बुढाले बताउनुभयो ।

आगलागि भएको केही समय पछि प्रहरी स्थानीय लगायत सबैले निभाउँन प्रयास गर्दा पनि दन्केको आगो नियन्तरणमा ल्याउन नसकेपछि यसले सामुदायिक वनमा ठुलो क्षति भएको बुढाले बताउनभयो ।

चैत बैशाखको महिनामा आगलागि हुने सम्भावना रहेकोले यसबाट सजग हुनका लागि विभिन्न जनचेतना मुलक सन्देश दिन नसकेकोले पछिल्लो समय जिल्लाका विभिन्न सामुदायिक वनमा आगलागि हुने गरेका छन् ।

सामुदायिक वनको रक्षाका लागि त्यहाँका स्थानीयकै जिम्मेवारी बढी हुने गरेको भएपनि स्थानीयद्धारा नै सामुदायिक वनमा आगो लगाउने काम भएकोले त्यसले बातावरण प्रदुषण सँगै नयाँ उम्रेका करौडौ ससाना बोट समेत नष्ट भएका छन् ।

मावन जीवनका लागि एक दमै महत्वपुर्ण रहेको वनमा पछिल्लो समय आगलागि हुँन थालेपछि अहिले गाउँ बस्तीको हावापानी समेत प्रदुषण हुँदै गएको यहाँका स्वाथ्यकर्मी बताउँछन् ।

चैत बैशाखमा प्राय वनमा आगलागि हुने सम्भावना धेरै रहेकोले यहाँका स्थानीयलाई सजग हुनका लागि जिल्ला स्थित विभिन्न पत्र पत्रिका मिडियामा वन डँडेलो सम्बन्धीत सुचना प्रसारण गर्दै आएको डिभिजन वन कार्यालय बाजुराले जनाएको छ ।

आगलागि हुने कुरा प्राकृतिक प्रोपकले कमै हुन्छ । यो यहाँका स्थानीयले नै आगो लगाउँने काम गर्दै आएकोले वनमा ठुलो क्षति हुँदै गएको डिभिजन वन कार्यालय बाजुराका प्रमुख भोजराज पाठकले बताउनुभयो ।

उहाँले भन्नुभयो, “जुन व्यक्तिले वनमा आगो लगाएको छ , त्यो व्यक्तिलाई कारबाही गर्ने व्यवस्था भएपनि यो कुरा स्थानीयले भन्दैनन्् । ”

सामुदायिक वनमा यदी कसैले जानी जानी आगो लगायो भने नीजलाई ६० हजार जरिभाना र तीन महिना कैदको व्यवस्था रहेको पाठकले बताउनुभयो ।

जिल्लाका नौ वटै स्थानीय निकायमा अहिले झण्डै ३५० वटा सामुदायिक वन रहेका छन् । बाजुरामा ९४ हजार १५० हेक्टर वनको क्षेत्रफल रहेको डिभिजन वनकार्यालय बाजुराले जनाएको छ ।

 

 

 

 

 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?

यो पनि हेर्नुहोस्