कक्षा ५ को परीक्षाफल कुँडी र कुँडीकोटलाई शून्य बसन्त आविलाई पुण्य

बसन्त आविका बालबालिका ।

शेरबहादुर सार्की
बाजुरा , चैत ३० गते । शैक्षिक सत्र २०८० को बुढीगङ्गा नगरपालिकाले चैतमा लिएको कक्षा ५ को नगर स्तरीय परीक्षामा दुइ वटा विद्यालयको नतिजा शून्य रहेको छ ।

नतिजा शून्य ल्याउनेमा बुढीगङ्गा नगरपालिका –१ को कुँडी र कुँडीकोट आधारभूत विद्यालय रहेका छन् ।

बुढीगङ्गा नगरपालिकाले लिएको कक्षा पाँचको परीक्षामा कुँडी आविका १२ र कुँडीकोट आविका १७ जना परीक्षामा सहभागि भएका थिए ।

परीक्षामा सहभागि भएका ती सबै विद्यार्थी फेल भएपछि कुँडी र कुँडीकोट विद्यालयको कक्षा ५ को नतिजा शून्य रहेको हो ।

बुढीगङ्गा नगरपालिकाले लिएको नगर स्तरीय परीक्षामा सहभागि भएका अन्य १९ वटा विद्यालयको पनि नतिजा सन्तोषजनक छैन् ।

कसैको शून्य र कसैलाई बिरो थाम्न सकस भएका बेला बुढीगङ्गा नगरपालिका –२ बह्रमतोलामा रहेको बसन्त आविले कक्षा ५ को परीक्षामा १३ मा १० जना उर्तीण गर्न सफल भएको छ ।

शैक्षिक सत्र २०८० सालको नगरले लिएको कक्षा ५ को नगर स्तरीय परीक्षा नगरकै उत्कृष्ट भएका बिमल कामी पनि बसन्त आविका छात्र हुन् ।

बसन्तले कक्षा ५ मा पढ्दै गएका १३ मध्ये १० जना विद्यार्थी उत्र्तीण गर्नुमा नै ठुलो कुरा हो । त्यसैमा छात्र विमल कामी नगरकै उत्कृष्ट भएपछि यती बेला बसन्त आवि बुढीगङ्गा नगरपालिकाकै हिरो हुन पुगेको छ ।

एक वर्ष भरीे १९२ देखि २०२ दिन विद्यालय सञ्चालन गर्नुपर्छ । हामी सोही अनुसार विद्यालय सञ्चालन गरेर विद्यार्थीहरुलाई पढाएकोले नतिजा राम्रो आएको बसन्त आविले जनाएको छ ।

एक दरबन्दी दइ राहत र अन्य नीजि शिक्षकले धानेको यो बसन्त नगरकै पहिलो आएपछि यती बेला सबैको ध्यान बसन्तमै तानिएको छ ।
दरबन्दीले भरिभराउ भएका अन्य विद्यालयलाई दुइ चार जान पास गर्न समेत धौ धौ परेको बेला बसन्तले १३ मा १० जना उत्र्तीण गर्न सफल भएपछि सबैको ध्यान बसन्तमा गएको हो ।

जहाँ शिक्षक दरबन्दी बढी छ , त्यहीको नतिजा कम्जोर छ । हाम्रो यहाँ प्राय नीजि श्रोतबाट शिक्षक राखेर पढाउँने गरेका छौ । तै पनि प्रत्येक वर्षमा यो विद्यालयको नतिजा राम्रै आउने गरेको बसन्त आविका प्राधानाध्यापक बहादुर थापाले बताउनुभयो ।

उहाँले भन्नुभयो, “बसन्तलाई नगरकै पहिलो विद्यालय भनेर चिनाउँनुमा यहाँका शिक्षक अभिभावक र विद्यार्थीहरु सबैको उत्र्तीकै देन छ ।”

को विद्यार्थी कती कम्जोर छ । त्यसलाई कसरी बलियो बनाउँने भन्ने कुरा शिक्षकले ध्यान नदिएपछि यहाँका अधिकाशं विद्यालयको परीक्षाफल शुन्य आएको शिक्षक थापाले बताउनुभयो ।

बसन्त ऋतुकै बेलामा लिइने वार्षिक परीक्षामा बसन्तको छात्राले राम्रो नजिता ल्याएपछि यती बेला बसन्तका शिक्षक विद्यार्थी र अभिभावकको मुहारमा निकै खुसी छाएको छ ।

बुढीगङ्गा नगरपालिकाका २९ वटा विद्यालयमा २३ वटा विद्यालय कक्षा ५ को परीक्षामा सहभागि भएका थिए । कक्षा ५ को नगर स्तरीय परीक्षा सहभागि भएका २३ वटा विद्यालयका झण्डै ५७४ मध्ये ६३ जना विद्यार्थी मात्र उत्र्तीण भएका छन् ।

बुढीगङ्गाका १ को धुरालसैन माविका १६ जना मध्य ६ जना , चैते पीपल सूर्यदय आविका २० जनामा १ जना , पशुपती माविका ७ मा १ , भानोदय नमुना माविका ३४ मा ६ , थुमा माविका २७ मा १ , राजेन्द्र आवि १९ मा १ मात्र उत्र्तीण भएका छन् ।

त्यसै गरी शारदा माविका ७४ मा १ , त्रिशक्ती माविका ६८ मा ४ , सिगाडा मावि ५९ मा ६ भवगवी माविका ५६ मा ४ दुदिर आविका १६ मा ३ , महेन्द्र आविका ३५ मा ७ , सत्यवादी आविका २० मा ३ , बहालीको आविका १० मा ३ ,शिव शङ्कर आविका ९ मा २ , जनप्रभात आविका ८ मा २ , गिरीखेल्नेका ३१ मा २ जना उत्र्तीण भएका छन् ।

बुढीगङ्गा नगरपालिकाले लिएको कक्षा ८ को परीक्षाफल पनि सन्तोष जनक छैन् । परीक्षामा सहभागि भएका ६४८ मा १२६ जना मात्र उत्र्तीण भएका छन् ।

धुरालसैन माविका ४३ मा ११ कुँडी आविका ३३ मा २ चैतेपीपल सूयैदय आविका २७ मा ४ पशुपति माविका ६२ मा २ बजेडी माविका ११ मा १ भानोदय नमुना माविका १०३ मा ५० जना उत्र्तीण भएका छन् ।

त्यसै गरी थुमा माविका ४० मा ५ रोजेन्द्र आविका ३५ मा ५ शारदा माविका ८० मा १२ त्रिशक्ति माविका ६५ मा ७ सिगाडा माविका ८४ मा १२ भगवती माविका ३३ मा १ दुदिर आविका ३२ मा १४ जना विद्यार्थी कक्षा ८ को परीक्षा उत्र्तीण भएका छन् ।

यहाँका जनप्रतिनिधि अभिभावक लगायतका विभिन्न सरोकारवाला निकायले शिक्षामा ध्यान नदिएकोले सामुदायिक विद्यालयको शैक्षिक अवस्था कम्जोर भएको बुढीगङ्गा नगरपालिका नि.शिक्षा शाखा प्रमुख डम्मबहादुर थापाले बताउनुभयो ।

उहाँले भन्नुभयो, “ प्रतिशतको हिसाबमा गत वर्ष ८ प्रतिशत थियो भने यो वर्ष त्यो बढेर १९.४४ प्रतिशत पुगेको छ । ”

गत र यो वर्ष कक्षा ५ र ८ को नतिजा सन्तोष जनक नदेखिएकोले यहाँका शिक्षक , अभिभावक र जनप्रतिनिधिको बैठक बसी परीक्षा बारे समिक्षा गरिएको थापाले बताउनुभयो ।

 

 

 

 

 

 

 

 

 

 

 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?

यो पनि हेर्नुहोस्