बर्सेनि घट्दै एसइईमा विद्यार्थी

क्याप्सन ः शिक्षा विकास तथा समन्वय इकाई बाजुरा । तस्बिर ः शेरबहादुर सार्की÷बाजुरा

शेरबहादुर सार्की
बाजुरा, चैत १४ गते । बाजुरामा माध्यमिक शिक्षा परीक्षा (एसइई) दिने विद्यार्थीको सङ्ख्या बर्सेनि घट्दै गएको छ ।

पछिल्ला दुइ शैक्षिक सत्रको तथ्याङ्क अनुसार बाजुरामा प्रत्येक वर्ष एसइईका परीक्षार्थीको सङ्ख्यामा कमी आएको छ ।

गत वर्ष बाजुराबाट ३ हजार ३८२ जनाले (एसइई ) दिएका थिए । भने यो वर्ष दुइ हजार ९३३ जना परीक्षामा सहभागि हुने भएका छन् ।

गत वर्षको भन्दा यो वर्ष बाजुराबाट (एसइई ) सहभागि हुनेको सङ्ख्या ४४९ जना घटिआएको छ ।

यो वर्ष बाजुरामा नियमिततर्फ एक हजार ४८७ छात्र र एक हजार ३४७ छात्रा गरी दुइ हजार ८३४ र ग्रेडवृद्धिका लागि छात्र ५१ छात्रा ४८ गरी ९९ जना विद्यार्थी (एसइई) दिनमा योग्य रहेको शिक्षा विकास तथा समन्वय इकाई बाजुराले जनाएको छ ।

परीक्षामा सहभागी हुन विद्यालय सञ्चालन हुने दिनको ७५ प्रतिशत् हाँजिरी हुनु पर्ने शिक्षा विकास तथा समन्वय इकाई बाजुराका अधिकारी लालबहादुर विष्टले बताउनुभयो ।

उहाँले भन्नुभयो, “परीक्षा सञ्चालनको लागि गत वर्ष १५ वटा परिक्षा केन्द्र तय गरिएको थियो । भने यो वर्ष पनि त्यही सङ्ख्यामा परीक्षा केन्द्र कायम भएको छ । ”

राष्ट्रिय परीक्षा बोर्डका अनुसार एसइई चैत्र १५ गते बिहिबार सुरु भएर चैत २७ गते मङ्गलबार सम्म चल्ने भएको छ ।

यो वर्षमा पनि बिहान ८ बजे देखि ११ बजे सम्म सञ्चालन गर्ने परीक्षा तालिका सार्वजनिक गरिसकेको विष्टले बताउनुभयो ।

बाजुरामा कक्षा एक देखि तीन सम्म २२८ , चार देखि पाँच सम्म १७६ ,छ देखि आठ सम्म ११२ , नौ देखि १० सम्म ६७ , एघार देखि १२ सम्म २९ र तीन वटा क्याप्स गरी ६१५ विद्यालय सञ्चालनमा रहेको शिक्षा विकास तथा समन्वय इकाई बाजुराका सुचना अधिकारी लालबहादुर विष्टले बताउनुभयो ।

 

 

 

 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?

यो पनि हेर्नुहोस्