नागरिकता नहुँदा सुविधाबाट वञ्चित्

क्याप्सन ः नागरिकता नहुँदा सरकारी सेवा सुविधाबाट वञ्चित भएकी ८० वर्षीया रङ्गी नेपाली ।

शेरबहादुर सार्की
बाजुरा , चैत ९ गते । बाजुराको बुढीगङ्गा नगरपालिका –८ मोटाबाडामा अस्थायी रुपमा बसोबास गर्दै आएकी रङ्गी नेपालीले नागरिकता नपाउँदा सरकारी सेवा सुविधाबाट वञ्चित् हुदै आएकी छन् ।

उमेरले झण्डै ८० वर्ष भन्दाबढी पुगेकी नेपालीले अहिले सम्म कतैबाट नेपाली नागरिकता नपाउँदा उहाँ सरकारबाट प्राप्त हुने विभिन्न सेवा सुविधाबाट वञ्चित भएकी हुन् ।

उसो त उहाँ एकल हुनु भएको पनि झण्डै २५ वर्ष भयो । तर एकल महिला हुँदा पनि उहाँले पाउने एकल भक्ता पनि अहिले सम्म कुनै ठाउँबाट पाउँनु भएको छैन् ।

आफुसँग नागरिकता नभएकै कारण कतैबाट पनि केही सहयोग नपाएको बुढीगङ्गा नगरपालिका–८ मोटाबाडामा अस्थायीरुपमा बसोवास गर्दै आउनु भएकी रङ्गी नेपालीले बताउनुभयो ।

उहाँले भन्नुभयो, “मेरो श्रीमानको मृत्यु भएको २५ वर्ष भयो । म त्यो बेला देखि अहिले सम्म एकल छु । तर पनि मैले एकल हुँदा पाउँनु पर्ने सेवा सुविधा कतैबाट नमिलेपछि आफु नेपाली नै नभएको महसुस भएको छ ।”

मेरो उमेर नै ८० वर्षभयो । म एकल भएको पनि २५ वर्ष भयो । तर मैले पाउँनु पर्ने विभिन्न किसिमका सेवा सुविधाबाट भने मैले लामो समय देखि अहिले सम्म वञ्चित हुँदै आउनु परेको नेपालीले बताउनुभयो ।

खप्तड छेडेदह गाउँपालिकाको –४ सिलाना माइती घर भएकी नेपालीले डोटीको एक नेपाली सँग विवाह गरेर बुढीगङ्गा नगरपालिका –७ को बड्डेलीचौरमा बस्नु भएको थियो ।
त्यसै ठाउँमा बसोबास गर्दै गर्दा उहाँका श्रीमानको मृत्यु भएपछि उहाँ अहिले बुढीगङ्गा नगरपालिका– ८ मोटाबाडामा कान्छी छोरीको घरमा सहारा लिएर बस्नु भएको छ ।

माइतीको चाहिने सबै प्रमाण र अहिले बसोबास गर्दै आएको ठाउँको सबै कागजात मिलाएर मार्तडी नागरिकता बनाउँन जाँदा पनि त्यहाँ प्रक्रिया नमिलेको भन्दै मलाई नागरिकता नदिएको नेपालीले दुखेसो पोख्नुभयो ।

उहाँको श्रीमान पहिला देखि नै डोटीबाट बाजुरा आएर बसोबास गर्दै गरेकोले अहिले उहाँलाई न डोटीको बारेमा थाहा छ , न उहाँका श्रीमानको कुनै ठेगाना थाहा छ ।

श्रीमानको नागरिकता नभएकै कारण अहिले उहाँलाई पनि नागरिकता बनाउँन समस्या भएको बुढीगङ्गा नगरपालिकाल–८ का वडा अध्यक्ष रमेश रावतले बताउनुभयो ।

उहाँले भन्नुभयो, “उहाँका श्रीमानको पुर्खेउली घर डोटी भएकोले यता सनाखत रहने कोही नभएपछि यताबाट नागरिकता बनाउँन निकै समस्या भएको हो ।”

उहाँको पोईली घरमा डोटी र माइती घर खप्तड छेडेदह गाउँपालिकाको लिसाना भएकोले उहाँलाई यताबाट नागरिकताका लागि सिफारिस गर्न नगसेको रावलले बताउनुभयो ।

बाजुराबाट डोटी जिल्लाको मानिस सँग बिवाह गरेर गइसेकोले उहाँलाई डोटीबाट नै नागरिकता बनाउँन सहज हुने जिल्ला प्रशासन कार्यालय बाजुराका प्रमुख जिल्ला अधिकारी भिमकान्त पौडेलले बताउनुभयो ।

यता डोटीको मान्छे लामो समय देखि बाजुरामै बसोबास गरेको छ भने यताबाट बसाँइ सराइँको कागज लिएर बाजुरामा नै नागरिकता बनाउँन सकिने डोटी जिल्ला प्रशासन कार्यालयले जनाएको छ ।

 

 

 

 

 

 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?

यो पनि हेर्नुहोस्