छाउप्रथा रोक्न महिला सँग अन्तरक्रिया

क्याप्सन ः गरिमा परियोजनाका समाजिक परिचालक मनिता सुनार खप्तड छेडेदह १ र २ का महिलाहरुलाई छाउप्रथा बारेमा जानकारी दिनु हुँदै । तस्बिर ः शेरबहादुर सार्की÷बाजुरा

शेरबहादुर सार्की
बाजुरा , चैत १२ गते । बाजुरामा कुप्रथाको रुपमा रहँदै आएको छाउप्रथालाई रोक्नका लागि महिला सँग अन्तरक्रिया कार्यक्रम सुरु गरेका छन् ।

अधिकाशं गाउँ बस्तीमा छाउप्रथा कायमै रहेको भन्दै त्यसलाई रोक्नका लागि जिल्ला स्थित सरकारी तथा गैरसरकारी संस्थाले यहाँका महिला सँग अन्तरक्रिया कार्यक्रम सुरु गरेका हुन् ।

कुप्रथाको रुपमा कायमै रहँदै आएको छाउप्रथा रोक्नका लागि जिल्लाका विभिन्न गाउँ बस्तीमा छाउप्रथा सम्बन्धी विभिन्न जनचेतना मुलक सन्देश तथा अन्तरक्रिया कार्यक्रम सञ्चालन गर्दै आएको संस्थाहरुले जनाएका छन् ।

पछिल्लो समय बाजुराका विभिन्न गाउँ बस्तीमा छाउगोठ निर्माण हुन थालेका छन् । यहाँका अधिकाशं महिला महिनावारी भएको समय त्यसै गोठमा सुत्ने गरेका छन् ।

धामीझाँक्रीका डरले नै यहाँका अधिकाशं महिला घरभन्दा टाडा रहेको त्यो चिसो छाउगोठमा सुत्नु बाध्य भएका हुन् ।

छाउगोठमा सुत्दा कयौँँ महिलाहरुको अकालै ज्यान गएको छ । भने कयाँै महिलाहरु विभिन्न रोगको सिकार हुन बाध्य भएका छन् ।

धामीझाँक्रीकै डरले आफुले पहिला देखि अहिले सम्म छाउगोठमै सुत्ने गरेको खप्तड छेडेदह गाउँपालिका –१ काँडाका नाम परिवर्तन रिता नेपालीले बताउनुभयो ।

उहाँले भन्नुभयो, “ महिनावारी भएको बेला आफुले घरकै कोठामा सुत्ने आँट नगरेको होइन । तर पनि घरमा सुसुरा धामी भएकोले उहाँको डरले नै अहिले मैले वर्खा हिलो र हिउँदमा चिसो हुने त्यो छाउगोठमा सुत्नु बाध्य भएकी छु ।”

घरमा सुतेपछि गाई भैसी नब्याउने र बिरामी हुने तथा घरमा देउता पनि रिसाउँने गरेको भन्दै सासु सुसुराले डर देखाउन थालेपछि अहिले महिनावरी भएको समय छाउगोठमै सुत्दै आएको नेपालीले बताउनुभयो ।

महिनावारी भएको बेलामा लामो समय देखि चियो गोठमा सुत्दै आएकोले आफु अहिले दमको विरामी भएको बुढीगङ्गा नगरपालिका – १० बदेडाकी नाम परिवर्तन सरिता लुहारले बताउनुभयो ।
उहाँले भन्नुभयो, “ महिनावारी हुँदा घरमै सुत्छु भन्दा श्रीमानले मान्दैन त्यसैले आफु लामो समय चिसो गोठमा सुत्दा बिरामी हुने गरेकी छु ।”

छाउप्रथा अन्त्यका लागि गाउँमा विभिन्न कार्यक्रम हुन्छन् । धामीझाँक्री पनि त्यो कार्यक्रममा सहभागि हुन्छन् । त्यो बैठकमा गएको भत्ता पनि खान्छन् । कार्यक्रमबाट घरमा आएपछि भने उनीहरुले आफुलाई फेरि उस्तै व्यवहार गर्ने गरेको लुहारले बताउनुभयो ।

महिनावारी भएको बेला यहाँका महिला प्राय आफै छाउगोठमा सुत्ने गरेकोले उनीहरुलाई महिनावारीको बारेमा प्रष्ट गर्ने गरी यो अन्तरक्रिया कार्यक्रम सुरु गरेको ग्रिनतारा नेपाल र रिड नेपालको गरिमा परियोजनाका सामाजिक परिचालक मनिता सुनारले बताउनुभयो ।

उहाँले भन्नुभयो, “महिनावारी भनेको एक प्रजनन प्रक्रिया भएकोले यसमा कुनै देवि देउताको डर मान्नु पर्दैन । बरु महिनावारी भएकोले बेला सरसफाइ गरे घरकै कोठामा सुत्नु पर्ने यहाँका महिलाहरुलाई सुझाव सल्लाह दिने गरेको छ ।”

यहाँका महिलाहरुको स्वास्थ्यमा परिवर्तन गर्ने गरी सेनिटरी प्याड, सौल , नेलकटर सावुन ब्रस कोक्लेट लगायतका स्वाथ्य सामाग्री समेत विरतण गरेको समाजिक परिचालक सुनारले बताउनुभयो ।

यती बेला मात्र होइन यो भन्दा पहिला पनि बाजुराका नौ वटै स्थानीय तहमा छाउप्रथा रोक्न विभिन्न कार्यक्रम सञ्चालन गरेका थिए । यहाँका पढेलेखेका महिला तथा गाउँका धामीझाँक्रीले कारण यो छाउप्रथा कायमै रहँदै आएको हो ।

२०७७ ÷०७८ सालमा स्थानीय प्रहरी प्रशासन स्थानीय सरकार , सरकारी तथा गैरसरकारी संस्थाहरुले छाउगोठ भत्काउँने अभियान सुरु गर्दै केही गोठ भत्काएपछि बाजुराका अधिकाशं महिलाहरु महिनावारी भएका बेला आफ्नै घरको कोठामा सुत्ने गरेका थिए ।

पछिल्लो समय त्यो अभियान सुस्ताउँदै गएपछि अहिले महिनावारी भएका महिलाहरुलाई धामीझाँक्रीले देउता रिसायो भन्दै डर देखाउन थालेपछि उनीहरु अहिले फेरि छाउगोठमा सुत्न थालेका हुन् ।

२०७६ पुस २४ गते बाजुराको बूढीनन्दा नगरपालिकाका –९ को पाण्डुसैनको अगाउँपानीमा रहेको छाउगोठमा सुतेका बेला आगोले निसासिएर आमा र दुइ छोरा सहित तीन जनाको ज्यान गएको थियो ।

यो घटना भएसँगै गृह मन्त्रालयले बाजुराका प्रमुख जिल्ला अधिकारीलाई निर्देशन पठाएसँगै बाजुरामा छाउगोठ भत्काउने अभियान समेत सुरु गरेको थियो ।

त्यो अभियानले २०७५÷७६ सालमा १६८ र २०७६÷०७७ मा ३४३ गरी बाजुराका नौ वटै स्थानीय तहमा झण्डै ५११ वटा छाउँगोठ भत्काएको जिल्ला प्रहरी कार्यालय बाजुराले जनाएको छ ।

छाउप्रथा कुप्रथा हो भन्ने कुराको जानकारी हुने पर्नेमा यसको कमीका कारण छाउप्रथामा न्यूनिकरणमा समस्या भएको जिल्ला प्रशासन कार्यालय बाजुराले जनाएको छ ।

महिनावारी भएको बेला छाउगोठमा सुत्न बाध्य गराएको भन्ने कुरा त्यहाँका महिला दिदीबहिनीहरुले औपरिचारिकरुपमा जानकारी गरेपछि छाउगोठमा सुत्न बाध्य गराउँने जो कोहीलाई कानुनी रुपमा कारबाही गर्न सकिने जिल्ला प्रशासन कार्यालय बाजुराका प्रमुख जिल्ला अधिकारी भिमकान्त पौडेलले बताउनुभयो ।

 

 

 

 

 

 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?

यो पनि हेर्नुहोस्