गाउँमा गाडी पुगेपछि स्थानीय दङग

क्याप्सन ः गौमुल –२ को दहकोटमा गाडी पुगेपछि स्वागत गर्दै स्थानीय । तस्बिर ः सुदूरपाटी

शेरबहादुर सार्की
बाजुरा , चैत ३ गते । बाजुराकोे गौमुल गाउँपालिका वडा नं –२ दहकोट गाउँमा गाडी पुगेपछि स्थानीय खुसी भएका छन् ।

गाडी चड्नका लागि एक दिन पैदल हिडेर सदुरमुकाम मार्तडी जाने गरेका यहाँका स्थानीयको यती बेला गाउँ बस्तीमै गाडी पुगेपछि उनीहरु खुसी भएका हुन् ।

प्रदेश तथा स्थानीय सरकारको आर्थिक सहगोगबाट गौमुल गाउँपालिका –२ को दहकोट गाउँ बस्तीमा सडक पुगेपछि यती बेला यहाँ जीप ट्याक्टर र मोटर चल्न थालेको स्थानीय बताउँछन् ।

नागरिकता र पासपोर्ट बनाउँन तथा विभिन्न सकारकारी काम कार्यका लागि सदुरमुकाम मार्तडी जाँदा झण्डै एक दिन पैदल हिड्नु पथ्र्यो । यती बेला गाउँमा गाडी आउन थालेपछि यो समस्याको हटेको गौमुल गाउँपालिका –२ को स्थानीय शेरबहादुर रोकायाले बताउनुभयो ।

उहाँले भन्नुभयो, “यती मात्र होइ यहाँका स्थानीयले गाउँमा उत्पादन गरेका फलफुल तथा तरकारी बोकेर मार्तडी बजारमा बिक्री गर्दै आएका थिए । अब देखि उनीहरुलाई ती बस्तु गाडीमा राखेर मार्तडी लगायतका विभिन्न बजारमा लान सहज भएको छ । ”

गाउँमा सडक पुगेपछि पछिल्लो समय घण्टौ हिडेर सदुरमुकाम मार्तडी जानु पर्ने समस्याको अत्न्य भएको भन्दै यहाँका स्थानीयको मुहारमा खुसी छाएको रोकायाले बताउनुभयो ।

गौमुल गाउँपालिकाका दहकोट तथा मानाकोटका लगायतका गाउँ बस्ती भौगोलिक रुपमा निकै विकट छन् ।

मार्तडी देखि दहकोट मानाकोट जाने बाटोको बीच बीचमा ठुलठुला पहाड र खोलानालाका कारण यी गाउँ बस्ती लामो समय देखि सडक सञ्जालको पहुँचबाट वञ्चित हुँदै आएका थिए ।
यती बेला गाउँपालिकाको अथक प्रयासपछि बल्ल यहाँका गाउँ बस्ती सडक सञ्चालको पुहँचमा रहेका हुन् ।

अहिले गाउँमा सडक पुगेपछि यहाँका किसानले उत्पादन गरेका तरकारी तथा फलफुल बिक्री गर्न निकै सहज भएको गौमुल गाउँपालिका –२ की खिरी देवि रोकायाले बताउँनुभयो ।

उहाँले भन्नुभयो, “ प्राय यहाँ पछिल्लो समय स्याउँ सुन्तला उत्पादन हुने गरेको छ । अव ती बस्तु गाडीमा ढुवानी गर्न सहज भएको छ ।”

गाउँमा उत्पादन हुने अर्गानिक कोदो जौ बोकेर बजारमा लिन सकिएको थिएन । उत्पादन गरेका चिज बस्तु बिक्री नहुँदा दिक्क लागेको थियो । अव भने गाउँमा गाडीमा पुगेपछि ती बजारमा लिएर बिक्री गर्न सहज भएको रोकायाले बताउनुभयो ।

कती प्रयास गर्दा पनि भौगोलिक कठिनाइका कारण यो ठाउँमा गाडी पुगाउँन सकेको थिएन । यती बेला गाउँपालिकाको समन्वयमा प्रदेश सरकारको आर्थिक सहयोगले गौमुल –२ को दहकोट गाउँ बस्तीमा गाडी पुगाउँन सफल भएको गौमुल गाउँपालिका –२ का वडाअध्यक्ष देवबहादुर रोकायाले बताउनुभयो ।

उहाँले भन्नुभयो, “प्रदेश सरकार तथा स्थानीय सरकारको समन्वयमा यती बेला गौमुल –२ को दहकोट गाउँ बस्तीमा सडक सञ्चालको पहुँच गर्न कसेको हो ।”

गाँउमा सकड पुगेपछि जीप ट्याक्टर तथा मोटर साइकल पनि सुचार भएको वडा अध्यक्ष देवबहादुर रोकायाले बताउनुभयो ।

गौमुल गाउँपालिकाका अधिकाशं गाउँ बस्ती सडक सञ्जालको पहुँच भन्दा बाहिर रहेकोले यहाँका स्थानीयलाई दैनिक खाद्यान सामाग्री ढुवानी गर्न निकै समस्या भएको थियो ।

यती बेला लामो समयको प्रयासपछि बल्ल दहकोटका गाउँ बस्तीलाई सकड सञ्जालमा जोडेपछि गाडी सुचारु भएको गौमुल गाउँपालिका अध्यक्ष हरिबहादुर रोकायाले बताउनुभयो ।

उहाँले भन्नुभयो, “यहाँका केही गाउँ बस्तीमा अघिल्लो वर्षमा नै सडक पुगाएका थियौ । ती सडकमा जीप ट्याक्टर चलिरहेका छन् । यहाँका स्थानीयलाई दैनिक खाद्यान ढुवानी गर्न निकै सहज भएको छ ।”

सकड सञ्जालनको पहुँचमा नभएका अधिकाशं गाउँ बस्तीमा पनि आगामी वर्ष सकड पुगाउँने योजना गरेको गौमुल गाउँपालिका अध्यक्ष रोकायालले बताउनुभयो ।

 

 

 

 

 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?

यो पनि हेर्नुहोस्