गाउँ बस्तीमा सडक पुगेसँगै खच्चर हराउँद

क्याप्सन ः बाजुराको गैरी बजारमा ढुङ्गा बोक्दै गरेका खच्चर । तस्बिर ः शेरबहादुर सार्की÷बाजुरा

शेरबहादुर सार्की
बाजुरा , चैत ६ गते । बाजुराका विभिन्न गाउँ बस्ती चामल नुन तेल लगायतका दैनिक खाद्यान सामाग्री ढुवानी गर्दै आएका खच्चर पछिल्लो समयमा हराउँदै गएका छन् ।
 
अहिले जिल्लाका विभिन्न गाउँ बस्ती सडक सञ्जालको पहुँचमा भएसँगै पहिला गाउँ बस्तीमा खाद्यान ढुवानी गर्ने खच्चर पनि विस्तारै हराउँदै गएका हुन् ।
 
जिल्लाको हिमाली , जनगनाथ , स्वामिकार्तिक , बुढीनन्दा , बडिमालिका , गौमुल बुढीगङ्गा , त्रिवेणी र खप्तड छेडेदह लगायतका स्थानीय तहमा चल्दै आएका खच्चर पछिल्लो समय विस्तारै हराउँदै गएका छन् ।
 
बाजुराका सबै स्थानीयले गाउँ बस्तीमा सडक सञ्जालको पुहँच गरेसँगै त्यहाँ चल्ने खच्चर पनि विस्तारै हराउँदै गएको खप्तड छेडेदह गाउँपालिका –५ का सिद्ध बुढाले बताउनुभयो ।
 
उहाँले भन्नुभयो, “पहिला खच्चरले बोक्ने सामान अहिले घरमै गाडीले पुर्याउन थालेपछि खच्चरको केही काम नहुँदा खच्चर पाल्न छोडेको हो ।”
 
पहिला खच्चर पालेर घर परिवारलाई पालन पोषण गर्न सहज हुन्थ्यो । अहिले सबै गाउँ बस्तीमा गाडी गुड्न थालेपछि खच्चरको केही काम नभएपछि ती पाल्नै छोडेको बुढाले बताउनुभयो ।
 
खच्चर मात्रै होइन अहिले बाजुराका अधिकाशं गाउँमा घोडा पाल्ने चलन पनि विस्तारै हराउँदै गएको छ ।
 
पहिला विवाह तथा घरको सामान ल्याउनका लागि घोडाको प्रयोग हुन्थ्यो ।  भने अहिले विवाह हुँदा पनि गाडीको माग हुन थालेपछि गाउँमा घोडा पाल्ने चलन पनि विस्तारै हराउँदै गएको हो ।
पहिला साँफे मार्तडी देखि कोल्टी सम्म चल्ने खच्चर अहिले जिल्लाका कतै कतै ठाउँमा फाटफुट देखा पर्ने गरेका छन् ।
 
बाजुरामा वर्खाको समय बाटो बन्द भएपछि त्यति बेला केही ठाउँमा फाटफुट खच्चर चल्ने गर्दछन् । 
 
पहिला बाजुराको हरेक गाउँ बस्तीमा चल्ने खच्चर अहिले पुर्विउत्तर क्षेत्रको कोल्टी पिलिचौर र मार्तडीमा केही मात्रमा खच्चर चल्ने गरेका छन् । 
 
 
 
 
 
 
 
 
 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?

यो पनि हेर्नुहोस्