विद्यालयमै पेन्टी पाउँदा छात्रा हर्षित

क्याप्सन ः महिनावारी स्वच्छता परियोजना संयोजक गोमती कुमारी कटुवाल छात्रालाई पेन्टी दिदै । तस्बिर ः सुदूरपाटी

शेरबहादुर सार्की
बाजुरा , चैत ९ गते । महिनावारी भएको समय विद्यालयमा समस्या भोग्दै गरेका बाजुराका अधिकाशं छात्रा पछिल्लो समय पेन्टी पाउँदा निकै हर्षित बनेकी छन् ।

यहाँका कक्षा ६ देखि १२ सम्म अध्ययनरत छात्रालाई ग्रीनतारा नेपालले विद्यालयलयमै पुगेर प्याड सहित भएको पेन्टी अर्थात महिनावरी स्वच्छता पेन्टी वितरण गरेपछि उनीहरु हर्षित बनेकी हुन् ।

प्याड नहुँदा महिनावरी भएको बेला विद्यालय पढ्न जाँदा रगत बाहिर बग्छकी भन्ने डर लाग्ने गरेको खप्तड छेडेदह गाउँपालिका वडा नं ४ स्थित खापर देवस्थली मावि कक्षा १० मा अध्ययनरत छात्रा शर्मिला कुमारी धामीले बताउनुभयो ।

उहाँले भन्नुभयो, “ महिनावारी भएको बेला सहज हुने गरी ग्रीनतारा नेपालले महिनावारी स्वच्छता पेन्टी दिएपछि अहिले त्यो डर हटेको छ । ”


यो पेन्टी महिनावारी भएको बेला छात्राहरुका लागि निकै सहग हुने भएकोले यती सुरक्षितका साथ विद्यालयमा गएर पठनपाठन गर्न सहज भएको छात्रा धामीले बताउनुभयो ।

बाजुराको खप्तड छेडेदह गाउँपालिकामा रहेका नौ वटा माविमा अध्ययनरत छात्राहरुलाई महिनावरी भएकोले बेला सरसफाई तथा विद्यालयमा आउन सहज हुने गरी महिनावरी स्वच्छता पेन्टी वितरण कार्यक्रम सुरु गरिएको ग्रीन तारा नेपालले जनाएको छ ।

पहिलो चरण खप्तड छेडेदह गाउँपालिका वडा नं १ काँडा भवानी २ को मालिका मावि र ३ को देवस्थली निमावि ४ को भवानी मावि पुडाउँवाल र ५ को खापर देवस्थली मावि गुदुखाती मा अध्ययनरत कक्षा ६ देखि १२ सम्म अध्ययनरत गर्ने झण्डै ६८० जनालाई महिनावरी स्वच्छता पेन्टी विरतण गरेको ग्रीनतारा नेपालको मातृ तथा नवजात शिशु स्वास्थ्य प्रबद्धन परियोजना संयोजक गोमती कटुवालले बताउनुभयो ।

उहाँले भन्नुभयो , यो पेन्टीको प्रयोग गर्दा छात्रालाई महिनावरी भएको बेला निकै सहज हुन्छ । जति रगत भएपनि बाहिर नदेखिने र पानीले पखाल्दा पनि राम्रो सँग सफा हुन्छ । ”


यो पेन्टीमा प्याड सहित राखेको हुन्छ । एक जना छात्राले झण्डै एक वर्ष सम्म प्रयोग गर्न सक्छन् । महिनावारी भएको छात्राहरुलाई यो पेन्टी निकै सहज देखिएकोले अहिले प्रत्येक विद्यालयमा विरतण गर्न थालेको संयोगक गोमति कुटुवालले बताउनुभयो ।

आर्थिक अभावका कारण प्राय यहाँका किशोरीहरु महिनावरी भएका बेलामा प्याड किन्न सक्दैनन । प्याड नहुँदा उनीहरुलाई महिनावरी भएकोले विद्यालयमा गएर पढ्न समस्या हुने गरेको छ ।

पछिल्लो समय जिल्ला स्थित विभिन्न गैरसरकारी संस्थाहरुले उनीहरुका लागि सरसफाइ तथा महिनावारी भएका बेला विद्यालयमा गएर पढ्न सहज हुने गरी प्याड सहितको प्याड वितरण गर्दै आएका छन् ।

जसका कारण अहिले अधिकाशं बाजुराका किशोरीहरुलाई महिनावारी भएको बेलामा विद्यालयमा निर्धक्क भएर पढ्न सहज भएको छ ।



 

 

 

 

 

 

 

 

 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?

यो पनि हेर्नुहोस्