बुढीगङ्गामा पनि ड्रागन खेती सुरु

क्याप्सन ः बुढीगङ्गा नगरपालिका १० का भोलाराम जैसीले सुरु गरेको ड्रागन खेती । । तस्बिर ः सुदूरपाटी

शेरबहादुर सार्की
बाजुरा , चैत ११ गते । बाजुराको बुढीगङ्गा नगरपालिकामा पनि पछिल्लो समय ड्रागन खेती सुरुवात गरेको छ ।

बुढीगङ्गा नगरपालिका –१० का कृषक भोलाराम जैसीले व्यवसायीक रुपमा पहिलो पटक बुढीगङ्गामा ड्रागन खेतीको सुरुवात गर्नु भएको हो ।

स्वाथ्यका लागि निकै लाभादायिक हुने र त्यसबाट मनग्य आम्दानी हुने सम्भावना देखेपछि मैले ड्रागन खेती सुरु गरेको बुढीगङ्गा नगरपालिका –१० का कृषक भोलाराम जैसीले बताउनुभयो ।

उहाँले भन्नुभयो , “आफुले २०७९ फागुनबाट करिब सात सय रोपनी जमिनमा एक हजार चार सय ड्रागनको लगाएको छु । ”

लगाएको ड्रागन अहिले सम्म सबै राम्रो सँग हुर्केको छ । केही वर्षमा त्यो फल्न सुरु हुन्छ । तर बजारमा बिक्री गर्न सकिन्छ की नाइ भन्ने कुरामा भने म अहिले देखि नै चिन्तामा रहेको जैसीले बताउनुभयो ।

ड्रागन फल गर्मि र सुख्खा हावापानीमा हुने सिउडि प्रजातीको फलफुल हो । यसको वैज्ञानिक नाम चाहिं हाइलोके्रस अन्डाटस हो । यसको स्तम्भ कमजोर भएकोले सपोर्ट आवश्यकता पर्दछ ।

यसको लहरा ड्रागनको जिब्रो जस्तै हुने हुँदा यसलाई ड्रागन फल भनिएको हो । यस फलको स्वाद गुलियो र अमिलो पनाको मिश्रण भएको हुन्छ ।

फलको तौल २०० ग्राम १ देखि २ के.जी हुन्छ । यस फलको जातहरुमा रातो बोक्रा र सेतो गुदी भएको,पहेलो बोक्रा र सेतो गुदी भएको, रातो बोक्रा र रातो गूदी भएको जात पर्दछ ।
गर्मी ठाँउमा खेती गर्न सकिने यस फलमा १२ प्रकारका मिनिरल्स तथा भिटामिन पाइन्छ । यो फलमा क्यान्सर प्रतिरोधात्मक गुण रहेको छ ।

यो फल जस्तो सुकै माटोमा खेती गर्न सकिन्छ । यस फललार्ई घरमा गमला ,छत तथा करेसामा पनि लगाउन सकिन्छ । यो फल पेट दुख्ने र कब्जियतमा औषधीको रुपमा प्रगोग गरिन्छ ।

जिल्लाको हिमाली ,बडिमालिका र बुढीगङ्गा लगायतका स्थानीय तहमा पछिल्लो समय ड्रागन खेती सुरुवात गरेको कृषि ज्ञान केन्द्र बाजुराले जनाएको छ ।



 

 

 

 

 

 

 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?

यो पनि हेर्नुहोस्